पर्यटन  मन्त्री लाइनमा बस्न नमानेपछि…

डिसी नेपाल
१९ भदौ २०७९ १४:५९

काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न लगाएका एक जना सुरक्षागार्ड पक्राउ परेका छन्। मन्त्री श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा उनी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ग्रुप फोर सेक्युरिटीका सुरक्षागार्ड शेरजंग कुँवर छन्। उनीमाथि प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाउने तयारी थालेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक भरत बोहराका आनुसार ठमेलस्थित छाया सेन्टरका सुरक्षागार्डलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार घटना गत शुक्रबारको हो।

छाया सेन्टरमा बायोमेट्रिक्सको कामका लागि मन्त्री श्रेष्ठ त्यहाँ पुगेका थिए। तर मन्त्री श्रेष्ठलाई पनि सुरक्षागार्डले लाइनमा बस्न भनेका थिए। मन्त्रीका पिएसओले उनी मन्त्री भएको बुझाउन प्रयास गर्दा पनि उनी नमानेको स्रोतले बतायो।

उनले जो मानिस भए पनि लाइनमा बस्नु पर्ने बताएपछि त्यहाँ धकेलाधकेलको अवस्था सिर्जना भएको प्रहरीको भनाइ छ। त्यसपछि पिएसओमार्फत् जाहेरी दिएर प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.