मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

डिसी नेपाल
२० भदौ २०७९ १०:५५
100
Shares

बारा। बाराको कलैया उपमहानगरपालिका-२३ कोईरीया टोलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्। दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार स्थानीय ३२ वर्षीया हजरा खातुन रहेकी छन्।

गम्भीर घाइते भएकी उनको उपचारका क्रममा कलैया प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।

बिरगञ्जबाट कलैयातर्फ आउँदै गरेको ना २४ प १३९४ नम्बरको मोटरसाइकल गएराति सवा ९ बजे अनियन्त्रित भइ पल्टिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *