बेलायती महारानीको निधनमा ३ दिन शोक मनाउने सरकारको निर्णय
काठमाडौं । बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनमा सरकारले तीन दिन शोक मनाउने निर्णय गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दिवंगत बेलायती महारानीको सम्मानमा भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ।
बेलायतकी महारानी एलिजावेथ द्वितीयाको ९६ वर्षको उमेरमा हिजो निधन भएको थियो। उनको निधनप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment