वाणिज्य बैंकहरूको निक्षेप संकलन बढ्यो, सीडी रेसियो कति ?
काठमाडौँ। वाणिज्य बैंकहरूको निक्षेप संकलन केहि बढेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार शुक्रबारसम्म वाणिज्य बैंकहरूमा कुल निक्षेप ४४ खर्ब ४१ अर्ब रुपैयाँ छ । जुन बिहिबारको तुलनामा ४ अर्ब रुपैयाँले बढेको हो ।
बिहिबार भने बैंकहरूको कुल निक्षेप ४४ खर्ब ३७ अर्ब रुपैयाँ रहेको थियो। यता, केन्द्रीय बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकहरूको कर्जा लगानीमा पनि केही विस्तार भएको छ। बिहिबारसम्म ४१ खर्ब ७८ अर्ब रुपैयाँ रहेको कर्जा लगानी शुक्रबारसम्म ४१ खर्ब ८० अर्ब रुपैयाँ पुगेको हो। एकदिनमै कर्जा लगानी दुई अर्ब रुपैयाँले बढेको हो।
यस्तै, वाणिज्य बैंकको कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) पनि घट्दै गइरहेको छ। भदौ २३ गते वाणिज्य बैंकको औसत सीडी रेसियो ८८.२५ प्रतिशत रहेको थियो। भदौ २४ गते घटेर सो सिडी रेसियो ८८.२१ प्रतिशत पुगेको छ।







डिसी नेपाल







Facebook Comment