बरुण हाइड्रोपावरको हकप्रद सेयरमा दरखास्त दिने समय थप

डिसी नेपाल
२६ भदौ २०७९ १०:१५
44
Shares

काठमाडौँ। बरुण हाइड्रोपावर कम्पनीले हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरेको छ। यसमा हकप्रदमा लगानीकर्ताले  अब भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले भदौ ६ गतेदेखि २६ गतेसम्म १ः१ अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको थियो। तर, यस अवधिमा सबै बिक्री नभएपछि म्याद थपिएको हो। हाइड्रोपावरले प्रति कित्ता १०० रुपैयाँ दरले कुल २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर विक्रीमा ल्याएको हो।

बरुणले हकप्रद सेयर बिक्रीका लागि साउन २ गते बुक बन्द गरेको थियो। साउन १ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्। यसमा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङले गरेको छ। हकप्रदमा आरबीबी मर्चेन्ट बैंकिङ र राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै, मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.