सरकारका कारण मुलुकको सुशासन लज्जाजनक अवस्थामा : इश्वर पोखरेल (भिडियो)
काठमाडौं । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले वर्तमान सरकारका कारण मुलुकको सुशासन लज्जाजनक अवस्थामा पुगेको बताएका छन् । सोमबार काठमाडौंको बिशालनगरमा पुनर्निर्मित पञ्चकुमारी धर्मशालाको उद्घाटन गर्दै पोखरेलले संसद संसद, न्यायालय र सरकारको अवस्था हेर्दा लाज मान्नुपर्ने अवस्था आएको बताएका हुन् ।
उनले राजनीतिक दलहरुमा पनि बिकृति पैदा भएकाले खवरदारी गर्नुपर्ने बेला आएको बताए । मुलुकलाई सहि दिशामा लैजान अहिलेको प्रणालीलाई बलियो बनाउनुपर्ने उनको भनाई छ । उनले दलिय प्रणालीलाई कमजोर बनाउने काम कसैले पनि गर्न नहुने जिकिर गरे
त्यस्तै बागमती प्रदेश सांसद नारायण सिलवालले मापदण्डको पूर्वजानकारी नराखि काठमाडौं महानगरले आतंक फैलाएर संरचना भत्काउने काम गरेको बताए । उनले एक जना व्यक्ति पनि अन्यायमा नपर्ने गरि महानगरले आफ्नो काम अघि बढाउनुपर्ने धारणा राखेका छन् । उनले आतंकको रुपमा नभई सचेतना फैलाउदै सार्वजनिक सम्पतीको संरक्षण गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
भिडियो:







डिसी नेपाल








Facebook Comment