महारानी एलिजाबेथका प्रिय २ कुकुरहरूबारे शाही परिवारको यस्तो फैसला
काठमाडौं । रानी एलिजाबेथ-द्वितीयले कोर्गी नस्लका कुकुरहरू धेरै मन पराउँथिन्। उनको मृत्यु पछि उनका दुई कोर्गी कुकुरहरूको उनको कान्छो छोरा प्रिन्स एन्ड्र्यूले हेरचाह गर्नेछन्।
महारानी एलिजाबेथ द्वितीयका दुबै पाल्तु कुकुरहरू एन्ड्र्यूसँग ‘रोयल लज’ मा रहनेछन्। एन्ड्रयू र उनकी पूर्व पत्नी सारा फर्ग्युसनले मुइक र स्यान्डी नामक दुई कुकुरहरूको हेरचाह गर्नेछन्। यी दुवै कुकुर एन्ड्रयु र उनकी श्रीमतीले गत वर्ष लकडाउनका बेला रानीलाई उपहार दिएका थिए ।
महारानी एलिजाबेथ द्वितीयको मृत्यु पछि, कोर्गी कुकुरहरूको हेरचाहको मुद्दा अगाडि आएको थियो । वास्तवमा, यी तिनै कुकुरहरू हुन् जुन एन्ड्र्यूले गत जुनमा उनको ९५ औं जन्मदिनमा रानीलाई उपहार दिएका थिए। भनिन्छ, रानीले आफ्नो जीवनकालमा त्यस्ता करिब ३० कुकुर पालेकी थिइन् ।
बीबीसीका अनुसार यी दुवै कोर्गी कुकुरलाई शाही दरबारमा ल्याइनेछ। एन्ड्र्यूको नजिकको स्रोतले भने कि रोयल लज विन्डसर एस्टेटको हवेली हो जुन प्रिन्स एन्ड्र्यू र उनकी पूर्व पत्नीको घर हो ।
जानकारीका अनुसार रानीका पाल्तु कुकुरको नाम ह्वीस्की, शेरी, सुगर, मिथ, मिन्ट, बज, ब्रस, ज्योर्डी, स्मोकी, ड्यास, डाइम, डिस्को र डिपर थिए। कोर्गी नस्लको रानीको मनपर्ने कुकुरको २०१८ मा मृत्यु भयो। त्यसपछि एन्ड्रयूले २०२१ मा यी कुकुरहरू उपहार दिएका थिए।
रानीकी बुहारी दिवंगत डायनाले एक पटक भनेकी थिइन् कि रानीलाई कुकुरहरू धेरै मन पर्छ। उनी आफ्नो निजी कोठामा जाँदा पनि आफ्नो घरपालुवा कुकुरहरू सँगै हुन्थे। एलिजाबेथ द्वितीयले आफ्नो जीवनमा ३० भन्दा बढी कुकुरहरू पालेकी थिइन्। उनीहरू मेरो परिवारको हिस्सा हुन् भनेर पनि धेरै पटक भनेकी थिइन् ।
बेलायतकी महारानी एलिजाबेथ द्वितीयको बिहीबार निधन भएको छ । उनी ९६ वर्षकी थिइन् । स्कटल्याण्डको बालमोरल क्यासलमा महारानी एलिजाबेथको निधन भएको हो । उनी गर्मी बिदामा यहाँ आएकी थिइन् । एलिजाबेथ सन् १९५२ मा आफ्नो बुबा जर्ज छैठौंको मृत्युपछि महारानी बनिन्। त्यतिबेला उनको उमेर मात्र २५ वर्ष थियो। रानीको अन्तिम संस्कार सेप्टेम्बर १९ मा हुनेछ।







डिसी नेपाल







Facebook Comment