महारानीको शव इडिनवर्गबाट बकिंघम दरबार पुर्याइयो
लन्डन। महारानी एलिजाबेथ द्वितीयको शव राखिएको कफिन लन्डनको बकिंघम प्यालेसमा पुगेको छ। स्थानीय समयअनुसार राति ८ बजे इडिनवर्गबाट दरबारमा कफिन लैँजादा भव्य स्वागत गरिएको थियो।
महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो। उनको सेप्टेम्बर १९ मा अन्तिम संस्कार गरिएको थियो। बीबीसीका अनुसार महारानीको राजकीय अन्तेष्टिमा शाही परिवार, विभिन्न देशका विशिष्ट व्यक्तिहरु सहभागी हुनेछन्।
उक्त दिनमा सार्वजनिक बिदा घोषणा गरिएको छ। अन्तिम संस्कार गर्नुअघि महारानीको पार्थिव शरीरलाई चार दिन राजकीय अन्तिम श्रद्धाञ्जलिका लागि राखिने भएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment