चार तले भवन भत्किँदा ५ जनाको मृत्यु

डिसी नेपाल
२९ भदौ २०७९ ९:३३
228
Shares

अम्मान। जोर्डनको राजधानी सहर अम्मानमा मंगलबार एउटा चार तले आवासीय भवन भत्किँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएको अधिकारीहरूले जनाएका छन्। भत्किएको भवनमा केही मानिस फसेका छन्।

एक विज्ञप्तिमा सुरक्षा प्रवक्ता आमेर अल–सर्तावीले पाँच जनाको मृत्यु भएको बताए। नागरिक रक्षा सेवाका प्रवक्ताले भत्किएको भवनमा अझै धेरै मानिस फसेको दाबी गरे। तर, कति मानिस फसेका छन् भन्ने केही खुलाइएको छैन्।

प्रधानमन्त्री बिसेर अल–खासवनेहले भत्किएको भवनको निरीक्षण गरेका छन्। घटनाबारे अनुसन्धान गर्न प्रधानमन्त्रीले सहरका मेयरलाई निर्देशन दिएका प्राप्त विवरणहरूमा जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *