रुस–चीनसँगको भारतीय सेनाको सैन्य अभ्यासबारे अमेरिकाले के भन्यो ?

डिसी नेपाल
२९ भदौ २०७९ ११:०१
132
Shares

काठमाडौं । अमेरिकी रक्षा मन्त्रालयले रुस, भारत र चीनबीचको संयुक्त सैन्य अभ्यासबारे उठेका प्रश्नलाई खारेज गर्दै भारतसँग आफ्नो निकै नजिकको सैन्य सम्बन्ध रहेको बताएको छ ।

भोस्टक सैन्य अभ्यास सेप्टेम्बर १ देखि ७ सम्म रुसको उत्तरपूर्वी भागमा भएको थियो। यस सैन्य अभ्यासमा भारत र चीन लगायत धेरै देशका सेनाले भाग लिएका थिए ।

पेन्टागनका प्रवक्ता ब्रिगेडियर जनरल प्याट्रिक राइडरले पत्रकार सम्मेलनमा भने, “भारत एक सार्वभौम राष्ट्र हो। उनीहरूसँग सैन्य अभ्यास कोसँग गर्ने भन्ने निर्णय गर्ने अधिकार छ।”

“निस्सन्देह हामी त्यस क्षेत्रमा भारतसँगको हाम्रो साझेदारीलाई सम्मान गर्छौं। तपाईलाई थाहा छ, तिनीहरू हाम्रा मूल्यवान साझेदारहरू हुन्। हामी उनीहरूसँग धेरै नजिकबाट काम गर्न जारी राख्नेछौं,” प्रवक्ताले भने।

पत्रकारले प्रवक्तालाई रुस र चीनसँगको सैन्य अभ्यासमा भारतको संलग्नताबारे प्रश्न गरेका थिए ।

प्याट्रिक राइडरले भने, “भारतले चीन र रुससँग युद्ध खेलमा भाग लिएको छ। अब केही मानिसहरूलाई यो चिन्ताजनक समाचार लाग्न सक्छ, तर हाम्रो भारतसँग धेरै नजिकको रक्षा साझेदारी छ। स्पष्ट रूपमा हामी यसलाई अझ बलियो बनाउन भारतसँग नजिकबाट काम गर्न जारी राख्नेछौं।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *