ज्याकलिन फर्नान्डिज दिल्ली पुलिसको आर्थिक अपराध शाखामा उपस्थित

डिसी नेपाल
२९ भदौ २०७९ १५:५३
56
Shares

काठमाडौं । आज बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज दिल्ली प्रहरीको आर्थिक अपराध शाखामा उपस्थित भएकी छिन् । उनलाई २०० करोडको सम्पत्ति शुद्धीकरण मुद्दामा बोलाइएको थियो । यस मुद्दामा सुकेश चन्द्रशेखर मुख्य अभियुक्त हुन् ।

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई प्रवर्तन निर्देशनालयको पूरक आरोपपत्रमा सह अभियुक्त बनाइएको छ । सुकेश चन्द्रशेखर हाल दिल्लीको तिहाड जेलमा छन् ।

फर्नान्डिजका वकिल अजित सिंहले आफ्ना ग्राहकको सुकेशसँगको सम्बन्धलाई अस्वीकार गर्दै उनलाई निर्दोष भनेका छन् । अजित सिंहले बीबीसीलाई भने, “ज्याकलिनले कुनै अपराध गरेकी छैनन् र उनको कुनै पनि हिसाबले सुकेशसँग सम्बन्ध छैन।”

तर प्रवर्तन निर्देशनालयको आरोपपत्रमा उनलाई मुद्दाको दशौं अभियुक्त बनाइएको छ ।

आरोपपत्रमा लेखिएको छ, ‘ज्याकलिन सुकेशको नजिकको साथी हुन् । सुकेशले उनलाई १५ वटा झुम्का, पाँच वटा बिर्किन झोला, लुगा, लग्जरी ब्राण्डका जुत्ता, ब्रेसलेट, चेन, चुरा, औंठी र घडी लगायतका सामग्री दिएकी छन् । उनीहरुको मूल्य करिब सात करोड रहेको सुकेशले बताएका छन् ।

सुकेशले ज्याकलिनलाई ५७ लाखको घोडा पनि उपहार दिएको आरोपपत्रमा उल्लेख छ । यसबाहेक ज्याकलिनले सुकेशबाट पाएका उपहार र नगदको विवरण पनि आरोपपत्रमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *