युक्रेन मुद्दामा रुस–चीन वार्ता हुने, पुटिन–जिनपिङ उज्बेकिस्तानमा भेट्ने

डिसी नेपाल
३० भदौ २०७९ ११:२७
40
Shares

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस हप्ताको भेटमा युक्रेन र अन्य “अन्तर्राष्ट्रिय र क्षेत्रीय” मुद्दाहरूमा छलफल गर्नेछन्। रसियाले उज्बेकिस्तानमा हुने बैठकमा दुईजना भेट्ने र विश्वलाई “विकल्प” प्राप्त गर्ने बाटो खोल्ने बताएको छ।

समाचार एजेन्सी एएफपीका अनुसार जिनपिङ सांघाई सहयोग संगठनको शिखर सम्मेलनका लागि उज्वेकिस्तान पुगेका छन् । उनले सम्मेलन ‘ठूला राजनीतिक परिवर्तनका बीचमा’ हुन लागेको बताए । दुई नेताबीच पछिल्लो एक वर्षमा यो दोस्रो भेट हो । दुई नेताबीच बेइजिङ ओलम्पिकमा भेट भएको थियो ।

यसका दुई सदस्य किर्गिजस्तान र ताजिकिस्तानले सीमामा भिडन्त सुरु गरेको बेला यो बैठक हुन लागेको हो । साथै, चीनमा फेरि लकडाउन लगाइएको छ। महामारी सुरु भएयता यो जिनपिङको पहिलो यात्रा हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *