महारानीको शव यात्रामा ह्यारीले किन सैन्य पोसाक लगाउन पाएनन् ?

डिसी नेपाल
३० भदौ २०७९ १२:५८
24.7k
Shares

लन्डन। प्रिन्स ह्यारीले आज आफ्ना भाइ विलियम र राजा चाल्र्सलाई बकिंघम प्यालेसबाट वेस्टमिनिस्टर हलसम्म दिवंगत रानी एलिजाबेथ द्वितीयको कफिन लैजाने शव यात्रामा सामेल भएका छन्। शव यात्रामा राजा चाल्र्स र राजकुमार विलियमले औपचारिक सैन्य पोशाक लगाएका थिए भने ह्यारी ‘शोक पोसाक’ मा देखा परे।

प्रिन्स ह्यारी र उनकी श्रीमती मेघन मार्कलले २०२० मा आफ्नो शाही कार्यहरू छोडेकाले सैन्य वर्दी लगाउने अधिकार छैन । ह्यारी र मेघन हाल शाही कर्तव्यबाट विमुख हुँदै गएका छन्। आफ्नो शाही कर्तव्यहरूमा पूर्ण–समय समर्पित गर्ने विलियम अब सिंहासनको अर्को लाइनमा छन्।

ससेक्स अफ ड्युक ह्यारी वेस्टमिन्स्टर हलमा हुने अन्तिम उपस्थितिसहति स्वर्गीय रानीको अन्त्येष्टिसम्मका पाँच परम्परागत कार्यक्रमहरूमा कुनै पनि सैन्य पोसाक लगाउन अनुमति दिइने छैन।

३७ वर्षीय ह्यारीले अन्तिम संस्कार नहुन्जेलसम्मका सबै परम्परागत कार्यक्रममा शोकाकुल झल्किने पोसाक लगाउने उनका प्रवक्ताले बताएका छन्। ‘प्रिन्स ह्यारी, ससेक्सको ड्यूकले आफ्नी हजुरआमाको सम्मानमा हुने कार्यक्रममा शोक झल्काउने लुगा लगाउनेछन्’, उनका प्रवक्ताले भने। सेनामा आफ्नो १० वर्षे सेवा अवधिमा राजकुमार ह्यारी क्याप्टेनको दर्जामा पुगेका थिए र अफगानिस्तानमा दुई ओटा भ्रमण गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *