भारतको आपत्ति बेवास्ता गर्दै पाकिस्तानलाई सहयोग गरेपछि अमेरिकाले भारतलाई यस्तो जवाफ दियो

डिसी नेपाल
३० भदौ २०७९ १५:०१
10.8k
Shares

काठमाडौं । अमेरिकाले पाकिस्तानलाई एफ–१६ लडाकु विमानको मर्मतसम्भारका लागि दिएको ४५ करोड डलरको आर्थिक सहायताप्रति भारतले कडा आपत्ति जनाएको छ, जसलाई अमेरिकाले बेवास्ता गरिरहेको छ । बाइडेन प्रशासनका प्रवक्ता नेड प्राइसले विश्वबाट आतंकवाद निर्मूल पार्ने अभियानमा पाकिस्तान अमेरिकाको महत्वपूर्ण सहयोगी भएको बताए ।

मंगलबार एक पत्रकार सम्मेलनमा अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले अमेरिकी सेनाले पाकिस्तानलाई एफ–१६ लडाकू विमानको फ्लीट अपग्रेड गर्न दिएको ४५० मिलियन डलर अमेरिकाको लामो समयदेखि चलिरहेको नीतिको हिस्सा भएको बताए ।

नेड प्राइसले बाइडेन प्रशासनको पुरानो भनाइ दोहोर्‍याउँदै भने कि अमेरिकाले जति पनि लडाकु विमान बेच्छ, त्यसपछि त्यसको मर्मतसम्भारको खर्च पनि वहन गर्न मद्दत गर्छ । त्यसैगरी, पाकिस्तान पनि लडाकु विमान एफ–१६ को खरिदकर्ता भएकोले एफ–१६ विमानको मर्मतसम्भारका लागि अमेरिकाबाट सहयोग प्राप्त भएको छ ।

पाकिस्तानसँगको एफ–१६ कार्यक्रमका सम्बन्धमा प्राइसले यो सम्झौताको अमेरिका र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्धलाई सुमधुर बनाउन महत्वपूर्ण भूमिका रहेको बताए । यो सम्झौताले पाकिस्तानलाई वर्तमान र भविष्यमा पनि आतंकवादसँग लड्न सक्षम बनाउनेछ। अर्कोतर्फ, नेड प्राइसले सबै आतंकवादी संगठनहरू विरुद्ध पाकिस्तानबाट छिटो कारबाही हुने आशा व्यक्त गरेका छन्।

हालै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले भारतको आपत्तिको विषयमा बयान दिँदै पाकिस्तानलाई आर्थिक सहायता स्वीकृत भएको, सुरक्षा र मर्मत कार्यक्रम अन्तर्गत गरिएको बताए । यो आर्थिक सहायताले कुनै नयाँ विमान वा हतियार समावेश गर्दैन।

डोनाल्ड लुले इन्डिया टुडेसँग कुरा गर्दै सुरक्षा उपकरणको हेरचाह गर्न पाकिस्तानलाई यो सहयोग दिइएको बताए । डोनाल्ड लुले भनेका थिए कि अमेरिकाको सँधै नीति रहेको छ कि जब पनि उसले कसैलाई सुरक्षा उपकरण दिन्छ, उसको मर्मतसम्भारमा पनि सहयोग गर्दछ।

एफ–१६ मर्मतसम्भारका लागि आर्थिक सहायताको घोषणापछि अमेरिकाबाट पाकिस्तानलाई दिइने सुरक्षा सहयोगका लागि पाकिस्तानले आतंकवादविरुद्धको लडाइमा अमेरिकालाई सहयोग गर्ने, यसले अमेरिकाको विदेश नीति र राष्ट्रिय सुरक्षालाई मजबुत बनाउने बताएको थियो ।

ट्रम्प सरकारले पाकिस्तानलाई दिँदै आएको सहयोग रोकेको थियो राष्ट्रपति ट्रम्पले आतंकवादविरुद्धको लडाइमा पाकिस्तानले अमेरिकालाई कुनै पनि हालतमा सहयोग नगरेको बताएका छन् ।

तर, अमेरिकी आम चुनावमा डोनाल्ड ट्रम्पले चुनाव हारे र जो बाइडेन अमेरिकामा सत्तामा आए । जो बाइडेन आफ्नो सरकारको शुरुवातदेखि नै पाकिस्तानका लागि धेरै कडा थिएनन्। अहिले उनले आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानलाई सहयोग गर्न आफ्नो कोषागार पनि खोलेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *