आकस्मिक लाइसेन्सको लागि असोज ७ गतेदेखि फारम भर्न सकिने
काठमाडौं। आकस्मिक रुपमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन सकिने भएको छ। यातायात व्यवस्था विभागले आकस्मिक रुपमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अनलाइन फारममार्फत आवेदन दिन सकिने व्यवस्था मिलाएको जनाएको छ ।
आकस्मिक रुपमा लाइसेन्स लिनका लागि असोज ७ गतेदेखि आवेदन दिन सक्ने व्यवस्था मिलाएको विभागले जनाएको छ ।
अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली, शान्ति सेना मिसनका लागि विदेश जाने सेना एवं प्रहरी र गैरआवासीय नेपाली नागरिकले आकस्मिक रूपमा लाइसेन्स निकाल्न सक्ने गरि व्यवस्था मिलाइएको विभागले जनाएको छ ।
विभागका अनुसार सेवाग्राहीले आवश्यक कागजात अनलाइनमा नै प्रविष्ट गर्नसक्ने छन् । निवेदकले सवारीचालक अनुमतिपत्र लिन जाँदा निवेदनको प्रिन्टसहित पोर्टलमा अपलोड गरेका कागजातको सक्कल प्रति लिएर विभागमा पेस गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment