दुबईमा १३ सय दिराम तलबमा काम गर्ने भरतले लक्की ड्रमा जिते ३५ करोड

डिसी नेपाल
५ असोज २०७९ २२:५३

काठमाडौं । दुबईमा एक नेपालीले लक्की ड्रमा एक करोड दिराम जितेका छन् । रोजगारीका लागि तीन वर्षअघि दुबई पुगेका गुल्मीका ३१ वर्षीय भरत विकले लक्की ड्रमा एक करोड दिराम (करिब ३४ करोड ६३ लाख नेपाली रुपैयाँ) जितेका हुन् ।

खालिज टाइम्सका अनुसार मासिक १३०० दिराम कमाइ गर्दै आएका भरतले ‘महजुज ड्र’ नाम दिइएको सो लक्की ड्र जितेका हुन् ।

भरतका दुई सन्तान छन् । ब्रेन ट्युमरबाट पीडित २५ वर्षीय कान्छो भाइको उपचारका लागि पैसाको अभाव भएपछि आफू कामका लागि दुबई आएको उनले बताए ।

उनका बुबा पनि भारतमा रोजगाी गर्छन् । चिठ्ठा जितेपछि उनले परिवारको बसोबासका निम्ति पनि सो रकम खर्चने प्रतिक्रिया दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *