गल्छीमा माटोले पुरिएको अवस्थामा भेटियो पैसा राख्ने लकर
धादिङ। धादिङको गल्छी गाउँपालिका–६ बैरेनीस्थित पृथ्वी राजमार्गमा माटोले पुरिएको अवस्थामा पैसा राख्ने लकर फेला परेको छ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक अपार प्याकुरेलको नेतृत्वमा खटिएको नौ जनाको टोलीले लकर फेला पारेको हो।
बेसबाट करिब ६ किलोमिटर पूर्वमा फेला परेको लकर स्थानीय जनप्रतिनिधि तथा स्थानीय भद्रभलाद्मीको उपस्थितिमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment