एमाले र राप्रपाबीच चुनावी तालमेलको विषयमा के भइरहेको छ ?

डिसी नेपाल
७ असोज २०७९ १०:५८
296
Shares

काठमाडौं। नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच चुनावी तालमेल गर्ने विषय सहमति नजिक पुगेको नेताहरुले बताएका छन्। पाँच दलीय गठबन्धनको सामना गर्न भन्दै एमाले र राप्रपाबीच चुनावी तालमेल हुन लागेको हो।

दुवै दलबीच केन्द्रीय गठबन्धन नगर्ने तर क्षेत्रगत रुपमा तालमेल गरेर जाने सहमति भएको छ। एमालेसँगको तालमेलका विषयमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन आफैं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवादमा छन्। दुई अध्यक्षबीच विभिन्न चरणमा छलफल भइसकेको छ। केही दिनभित्रै तालमेलको मोडालिटीमा सहमति हुने बताइएको छ।

एमाले र राप्रपाबीच चुनावी तालमेलको विभिन्न मोडालिटीमा छलफल भइरहेको छ। यी दुई दलबीच मुलुकभर तालमेल नभइ निश्चित ठाउँमा मात्रै तालमेल गरेर जाने सहमति भएको छ।

झापा, मोरङ, चितवन, धादिङ बाँके, नवरपसारी पश्चिमलगायतका जिल्लामा चुनावी तालमेल गर्ने विषयमा सकरात्मक छलफल भएको राप्रपा स्रोतले जनाएको छ। एमाले पनि राप्रपासँग चुनावी तालमेल गर्न सकारात्मक देखिएको छ।

सत्ता गठबन्धनले एमाले विरुद्ध महागठबन्धन गरेपछि दबावमा परेरेको एमालेले सत्ता गठबन्धनमा आवद्ध नभएका साना राजनीतिक दलसँग तालमेल गर्ने रणनीति लिएको छ। एमालेले चुनावी गठबन्धन नगर्ने तर स्थानीय आवश्यकताका आधारमा तालमेल गर्न सकिने नीति अख्तियार गरेको छ।

एमालेले स्थानीय तह निर्वाचनमा राप्रपा नेपाल र परिवार दलसँग केही स्थानमा चुनावी तालमेल गरेको थियो। राप्रपा नेपाल र परिवार दलका उम्मेदवार एमालेकै चुनाव चिन्हबाट चुनाव लडेका थिए। तर अहिले एमालेले जनाधार नभएका राजनीतिक दलसँग चुनावी तालमेल नगर्ने नीति लिएको छ।

चुनावी तालमेललाई लिएर एमाले अध्यक्ष केपी ओली निवासमा दलका नेताहरु भेटवार्ताका लागि गइरहन्छन्। तर अहिलेसम्म कुनै पनि दलसँग चुनावी तालमेल गर्ने निर्णय भइसहेको एमालेले जनाएको छ। तर राप्रपासँग भने सकारात्मक छलफल भइरहरहेको नेतहरुले बताएका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.