स्वास्थ्य सेवामा विद्यार्थीलाई ५० प्रतिशत छुट दिने सरकारको निर्णयको स्वागत

डिसी नेपाल
१० असोज २०७९ १९:५७
236
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले स्वास्थ्य सेवामा विद्यार्थीलाई ५० प्रतिशत छुट दिन सरकारले गरेको निर्णयको स्वागत गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले विद्यार्थी परिचयपत्रको आधारमा ५० प्रतिशत छुट दिन सरकारले गरेको व्यवस्थाले विद्यार्थी लाभान्वित हुने हुँदा यस कार्यको स्वागत गर्दै सङ्गठनले सरकारलाई धन्यवाद दिने बताए ।

स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयको असोज ९ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार सरकारी अस्पतालको ओपिडी सेवामा विद्यार्थीलाई छुट दिने व्यवस्था गरिएको छ । अनेरास्ववियुका प्रवक्ता मिलन राईका अनुसार अनेरास्ववियुले गत साउन ४ गते स्वास्थ सेवामा विद्यार्थीलाई ५० प्रतिशत छुट माग्दै स्वास्थमन्त्री भवानी खापुङ समक्ष ज्ञापनपत्र पेश गरेको थियो । गत भदौ ३० गते यस विषयमा संवेदनशील बन्न मन्त्रालयलाई आग्रह गरेको थियो । सरकारले निर्णय गरेपछि अब विद्यार्थीले छुट पाउने जनाइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *