उपत्यकामा २४ घण्टामा ५८५ सवारीसाधन कारबाहीमा

डिसी नेपाल
२६ साउन २०८३ ७:१८

काठमाडौं। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा पछिल्लो २४ घण्टामा ५८५ वटा सवारीसाधनका चालक कारबाहीमा परेका छन्।

मङ्गलवार बिहानसम्मको तथ्यांक अनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३३ जना, सिसीटिभीमार्फत ७० जना र रातो बत्ती उल्लंघन गर्ने ५४ जना चालकलाई कारबाही गरिएको हो।

यसैगरी तीव्र गतिमा सवारी चलाउने २८, हर्न निषेध क्षेत्रमा हर्न बजाउने ११, लेन अनुशासन उल्लंघन गर्ने १९, सवारीको अवस्था ठिक नभएका १३ र एकतर्फी (वान-वे) सडकमा सवारी चलाउने ११ जना चालक कारबाहीमा परेका छन्।

अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने ३४६ जना चालकलाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *