‘ब्रोड पिक’मा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै
काठमाडौं। पाकिस्तानको ‘ब्रोड पिक’ हिमालमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ।
यही साउन १४ गते भएको दुर्घटनामा परेका किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडानमार्फत अपराह्न ४:४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
सोही दुर्घटनामा निधन भएका अर्का आरोही पुरबहादुर गुरुङ ‘युक्त’ को शव भने गत साउन २१ गते नै नेपाल ल्याइसकिएको छ। दुर्घटनास्थलबाट अझै एक नेपाली, एक पाकिस्तानी र एक अमेरिकी आरोहीको शव संकलन तथा फिर्ता ल्याउन बाँकी रहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment