वयस्क साइटमा तस्बिर पोस्ट गर्ने म्यानमारकी मोडललाई ६ वर्ष जेल

डिसी नेपाल
१५ असोज २०७९ ६:५६
192
Shares

यांगुन। म्यानमारको सैनिक अदालतले वयस्क साइट ओन्लीफ्यान्सलगायत अन्य प्लेटफर्महरूमा तस्बिरहरू पोस्ट गरेको अभियोगमा एक युवतीलाई ६ वर्षको जेल सजाय सुनाएको छ। एक मोडल र पूर्वडाक्टर नाङ म्वे सानलाई दुई साताअघि ‘संस्कृति र मर्यादालाई हानी पु¥याउने’ अभियोग लगाइएको सैन्य अधिकारीहरूले बताए।

यसअघि सन् २०२१ मा कुद्वारा सत्ता कब्जा गर्ने सेनाविरुद्धको विरोध प्रदर्शनमा पनि उनले भाग लिएकी थिइन्। उनी अन्लीफ्यान्स सामग्रीका कारण जेलमा पर्ने म्यानमारमा पहिलो व्यक्ति हुन्।

नाङ म्वे सानलाई देशको इलेक्ट्रोनिक्स कारोबार कानूनको धारा ३३ (ए) अन्तर्गत नग्न तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमा शुल्क लिएर वितरण गरेकोमा दोषी ठहर गरिएको थियो। यस कानुनअन्तर्गत दोषि ठहर भएमा अधिकतम सात वर्षको सजाय हुन्छ।

सामाजिक सञ्जालमा विरोध प्रदर्शनमा सहभागी भएको तस्विर पोष्ट गर्ने अर्की मोडललाई पनि यही कानूनअन्तर्गत अगस्टमा पक्राउ गरिएको थियो । थिन्जर विन्ट क्वामाथि अक्टोबरमा कानुनी सोधपुछ हुँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *