भारतको विदेशी मुद्रा सञ्चिति ८.१३ अर्ब डलरले घट्यो

डिसी नेपाल
१५ असोज २०७९ १३:०८

काठमाडौं । भारतको विदेशी मुद्रा सञ्चिति निरन्तर घटिरहेको छ । रिजर्व बैंकले शुक्रबार जारी गरेको तथ्याङ्क अनुसार सेप्टेम्बर २३ मा समाप्त भएको सातामा भारतको विदेशी मुद्रा सञ्चिति ८.१३४ अर्ब डलरले घटेको छ ।

अहिले यो ५३७.५१८ बिलियन डलरमा झरेको छ । गत साता विदेशी मुद्रा सञ्चिति ५.२ अर्ब डलरले घटेर ५४५.५४ अर्ब डलरमा झरेको थियो ।

समाचार एजेन्सी पीटीआईको रिपोर्टका अनुसार विश्वव्यापी अस्थिरतालाई ध्यानमा राख्दै रिजर्भ बैंकले रुपैयाँलाई ह्यान्डल गर्न प्रयोग गरेको थियो, जसका कारण यो घटेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *