भारतको विदेशी मुद्रा सञ्चिति ८.१३ अर्ब डलरले घट्यो
काठमाडौं । भारतको विदेशी मुद्रा सञ्चिति निरन्तर घटिरहेको छ । रिजर्व बैंकले शुक्रबार जारी गरेको तथ्याङ्क अनुसार सेप्टेम्बर २३ मा समाप्त भएको सातामा भारतको विदेशी मुद्रा सञ्चिति ८.१३४ अर्ब डलरले घटेको छ ।
अहिले यो ५३७.५१८ बिलियन डलरमा झरेको छ । गत साता विदेशी मुद्रा सञ्चिति ५.२ अर्ब डलरले घटेर ५४५.५४ अर्ब डलरमा झरेको थियो ।
समाचार एजेन्सी पीटीआईको रिपोर्टका अनुसार विश्वव्यापी अस्थिरतालाई ध्यानमा राख्दै रिजर्भ बैंकले रुपैयाँलाई ह्यान्डल गर्न प्रयोग गरेको थियो, जसका कारण यो घटेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment