रुसले युक्रेनको जोपोरिझिया आणविक उर्जा केन्द्रका प्रमुखलाई हिरासतमा लियो

डिसी नेपाल
१६ असोज २०७९ ११:१३
68
Shares

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी संस्था आइएइए ले रुससँगको वार्तापछि रुसी सेनाले युक्रेनको जोपोरिझिया आणविक ऊर्जा केन्द्रका प्रमुखलाई हिरासतमा लिएको पुष्टि गरेको छ ।

आइएइएले रोयटर्स समाचार एजेन्सीलाई भन्यो, पावर प्लान्टका प्रमुख इहोर मुराशोभलाई “प्रश्नहरूको जवाफ दिन अस्थायी रूपमा” हिरासतमा लिइएको थियो।

मुरासोभलाई पक्राउ गरेपछि शुक्रबार दिउँसो आँखामा पट्टी बाँधेर अज्ञात स्थानमा लगिएको दाबी गरिएको छ । रुसको यो कदमले संयुक्त राष्ट्रसंघलाई रुससँग ‘जवाफ खोज्न’ बाध्य बनायो।

युक्रेनको राज्य आणविक एजेन्सी एनेरअटमका प्रमुखले बीबीसीलाई रुसले युक्रेनको चार क्षेत्रलाई गाभेको घोषणा गरेपछि यो घटना भएको बताए।

रिपोर्टका अनुसार मुराशोभलाई परमाणु ऊर्जा प्लान्ट रुसको आणविक संगठन रोसाटोमलाई हस्तान्तरण गर्न बाध्य पारिएको थियो तर उनी यसका लागि तयार थिएनन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *