टर्कीले इराकमा हवाई हमला गर्दा २३ कुर्दिश मारिए
काठमाडौं । टर्कीका रक्षामन्त्री हुलुसी अकारीले उत्तरी इराकमा गरिएको हवाई आक्रमणमा प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) का २३ जना लडाकू मारिएको बताएका छन्।
उत्तरी इराकको १४० किलोमिटर भित्र प्रवेश गरी एसोस क्षेत्रमा यो हमला गरिएको हो ।
टर्कीले बारम्बार आफ्नो छिमेकी देश इराकमा सशस्त्र ड्रोनका साथ सीमापार हवाई आक्रमण गर्दै आएको छ। कुर्दिस्तान वर्कर्स पार्टीका चरमपन्थीहरूप्रति यसको अडान लगातार आक्रामक रहेको छ।
बिहीबार रक्षामन्त्री हुलुसी अकारीले भने कि सेनाले एक साताभित्र सोही एसोस क्षेत्रमा १६ वटा लक्ष्यमा हवाई आक्रमण गरेको थियो।
पीकेके लडाकुहरूले सन् १९८४ देखि टर्कीविरुद्ध चरमपन्थी कारबाही गरिरहेका छन्। यस अभियानमा हालसम्म ४० हजारभन्दा बढीको ज्यान गएको छ ।
टर्की, संयुक्त राज्य अमेरिका र युरोपेली संघले यो संगठनलाई अतिवादी संगठन मान्छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment