भारतीय हवाइ क्षेत्रमा उडिरहेको इरानी जहाजमा बम !
काठमाडौं । भारतीय वायुसेनाले सोमबार एक विज्ञप्ति जारी गर्दै इरानी एयरलाइन्सको विमान भारतको हवाई क्षेत्रबाट गुज्रिरहेको बेला त्यसमा बम रहेको सूचना प्राप्त भएको जानकारी दिएको छ ।
सूचना पाएपछि भारतीय वायुसेनाको लडाकु विमान पठाइएको थियो। जेट इरानी विमानबाट सुरक्षित दूरीमा थियो। इरानी विमानलाई जयपुर र त्यसपछि चण्डीगढमा सुरक्षित अवतरणको विकल्प दिइएको थियो।
तर, पाइलटले यी विमानस्थलमा अवतरण गर्न चाहेनन् । पछि इरानले बम भएको कुरा अस्वीकार गरेको थियो । त्यसपछि इरानी विमान आफ्नो अन्तिम गन्तव्यतर्फ अघि बढ्यो । भारतीय वायुसेनाले सबै नियमहरूमा आधारित कदम चालेको बताएको छ। भारतीय वायुसेनाले इरानी विमान भारतीय हवाई क्षेत्रमा राडार निगरानीमा रहेको जनाएको छ ।
प्रतिक्रिया
Facebook Comment