माओवादी केन्द्रका सांसद छक्कबहादुुर लामा एमालेमा प्रवेश

डिसी नेपाल
१७ असोज २०७९ १६:२७

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद छक्कबहादुर लामा नेकपा एमाले प्रवेश गरेका छन् । लामा अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर एमाले प्रवेश गरेका हुन् ।

बालकोटमा अध्यक्ष ओलीले लामालाई खादा तथा अबिर लगाएर पार्टी प्रवेश गराए । लामासहित नाम्खा गाउँपालिकाका निवर्तमान अध्यक्ष विष्णुुबहादुुर लामा पनि एमाले प्रवेश गरेका छन् ।

माओवादीका गाउँपालिका तथा जिल्लास्तरका केही नेता पनि एमाले प्रवेश गरेको बताइएको छ । २०७४ को आमनिर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर विजयी लामा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् ।

त्यतिबेला माओवादीले टिकट नदिएपछि लामा विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका थिए ।

उनी जम्मा ७४ मतको अन्तरले विजयी भएका हुन् । २०४८ को निर्वाचनमा राष्ट्रिय जनमोर्चाको तर्फबाट उम्मेदवार बनेका लामा त्यतिबेला पनि ४८ मतान्तरले विजयी भएका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *