दशैं मनाउन ओली पत्नीसहित गृहजिल्लामा

डिसी नेपाल
१७ असोज २०७९ १७:१९
68
Shares

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् ।

अध्यक्ष ओली दशैं मनाउन पत्नी राधिका शाक्यसहित झापा पुगेका हुन् । अध्यक्ष ओलीले मंगलबार झापामा दशैं तिहार, छठ लगायतका पर्वहरुको अवसर शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेका छन् ।

अध्यक्ष ओलीले यसपालीको टिका झापा मै ग्रहण गर्ने कार्यक्रम छ । झापाको भद्रपुर नगरपालिकास्थित पृथ्वीनगरमा टिकाको शुभसाइतमा बुबा मोहनप्रसाद ओलीको हातबाट अध्यक्ष ओलीले टिका ग्रहण गर्ने कार्यक्रम छ । त्यसैदिन अध्यक्ष ओली काठमाडौं फर्कने बताईएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.