इजरायलमा बाइजान्टिन साम्राज्य युगको सुनको सिक्का भेटियो
काठमाडौं । इजरायलको उत्तरी क्षेत्रमा सातौं शताब्दीका ४४ वटा सुनका सिक्का भेटिएको पुरातत्वविद्हरूले बताएका छन् । यी सिक्का शुद्ध सुनका हुन् र संरक्षित क्षेत्रमा फेला परेका छन् ।
यी सिक्काहरूको वजन १७० ग्राम छ। बनियास नदीको किनारमा रहेको संरक्षित क्षेत्र हर्मोन खोलामा यी सिक्का बरामद भएका हुन् । पुरातत्वविद्हरूको अनुमान छ कि मुस्लिम आक्रमणकारीहरूले सन् ६३५ को आसपास क्षेत्रमा आक्रमण गर्दा तिनीहरूलाई लुकाएर राखिएको थियो।
उनी भन्छन् कि यो खोजले बाइजान्टिन साम्राज्यको अन्तिम दिनहरूमा प्रकाश पार्छ। बाइजान्टिन साम्राज्यलाई पूर्वी रोमन साम्राज्य पनि भनिन्थ्यो र कन्स्टान्टिनोपल यसको राजधानी थियो। यस साम्राज्यको अस्तित्व एक हजार वर्षभन्दा बढी समयसम्म रह्यो।
उत्खनन कार्यका निर्देशक जोभ लेरले भने, “हामी अनुमान गर्न सक्छौं कि सिक्का मालिकले युद्धको डरले आफ्नो सम्पत्ति यसरी लुकाएको हुन सक्छ। उसले एक दिन यहाँ फर्केर आफ्नो पैसा फिर्ता पाउने आशा गरेको हुनुपर्छ। तर हामी बुझ्न सक्छौं कि उसको भाग्यले उसलाई साथ दिएको छैन।”
योभ लेरले भने कि यो खोजले बाइजान्टिन साम्राज्यको पछिल्लो ४० वर्षमा बनियास सहरको अर्थतन्त्रको अनुमान गर्न सक्छ।







डिसी नेपाल







Facebook Comment