रुसलाई युक्रेनमा प्रयोगका लागि ड्रोन दिएको आरोप इरानले फेरि अस्वीकार गर्‍यो

डिसी नेपाल
१९ असोज २०७९ ११:०९
120
Shares

काठमाडौं । इरानको विदेश मन्त्रालयका प्रवक्ताले रसियालाई युक्रेन युद्धमा प्रयोगका लागि इरानले ड्रोन आपूर्ति गरिरहेको रिपोर्टलाई “निराधार” भनेका छन् ।

इल्ना समाचार एजेन्सीको रिपोर्ट अनुसार विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीको यो बयान युक्रेनको दाबी पछि आएको हो।

युक्रेनले युक्रेन विरुद्धको युद्धमा रुसले प्रयोग गरेको इरानमा बनेका केही ड्रोन जफत गरेको बताएको छ । “इरानको विश्वास छ कि युक्रेनी युद्धमा प्रयोग गर्न रसियालाई ड्रोनको आपूर्तिको बारेमा रिपोर्टहरू निराधार छन्,” कनानीले भने।

युक्रेन युद्ध सुरु भएदेखि नै इरानको अडान युद्धको विरुद्धमा रहेको उनले बताए । इरानको नीति तटस्थ रहेको छ । इरानले युक्रेन विरुद्ध प्रयोग गर्न रुसलाई ड्रोन आपूर्ति गरेको आरोपलाई निरन्तर अस्वीकार गर्दै आएको छ।

नासेर कनानीले युद्धको राजनीतिक समाधानको लागि आह्वान गर्दै विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानले रूस र युक्रेनका आफ्ना समकक्षीहरूसँगको बैठकमा शान्तिपूर्ण समाधानका लागि धेरै पटक आह्वान गरेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *