हिजो स्थगित कांग्रेस केन्द्रिय कार्यसम्पादनको बैठक बस्दै

डिसी नेपाल
२१ असोज २०७९ १२:२४

काठमाडौं । आगमी ४ मंसिरका लागि तय भएको आम निर्वाचनको उम्मेदवारी छनौटका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आब्हन गरेका छन् ।

पाँच दलीय सत्ता गठबन्धनको निरन्तर बैठकका कारण विहीबार अपरान्ह बोलाइएको सो बैठक बस्न नसके पछि शुक्रवार १२ बजेका लागि वालुवाटारमा बैठक बोलाईएको हो । जनता समाजवादी पार्टी, नेपाल बाहेक अन्य चार राजनीतिक दलहरुको बैठक सकिएलगत्तै सो बैठक सुरु भएको कांग्रेसका नेताहरुले जनाएका छन ।

सो बैठकमा आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार चयन गर्ने विषयमा छलफल हुने छ । २३ असोज भित्र उम्मेदवार छनौट गरी निर्वाचन आयोगमा नाम दर्ता गराउनु पर्ने बाध्यताका बिचमा सो बैठक बस्न लागेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *