निर्वाचनका दिन सवारीसाधन चालाउन पाइने
काठमाडौं। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दिन सार्वजनिक यातायात सञ्चालन हुने भएका छन्।
निर्वाचन आयोगले आज पत्रकार सम्मेलन आयोजना गर्दै अघिल्ला निर्वाचनमा जस्तो अनुमति लिएका सवारीसाधन मात्रै सञ्चानल गर्ने व्यवस्था यसपटक नरहेको जानकारी दिएको हो।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले सामान्य दिनमा जस्तैगरी सावारी सधान सञ्चानल नभए पनि यातायात व्यवस्था विभाग, यातायात व्यवसायी महासंघ, गृह मन्त्रालयसँगको समन्वयमा यातायातका साधानलाई सञ्चालन अनुमति दिइनेछ । अघिल्ला निर्वाचनमा सवारीसाधन सञ्चालनमा बन्देज हुँदा विभिन्न समास्या आएकाले आयोगले यस्तो निर्णय गरेको हो ।
सवारीसाधन सञ्चालन अनुमति पत्र लिनल भीड लाग्ने र विभिन्न दलहरूले वृद्धवृद्धालाई मतदानस्थलसम्म ल्याउन अप्ठयाराे भयाे भन्ने गुनासाे आएपछि नियन्त्रित रुपमा सवारीसाधान खुला गरिएकाे हाे ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment