लालबकैयामा नुहाउन गएका तीन बालबालिका बेपत्ता, खोजी कार्य जारी

डिसी नेपाल
२६ साउन २०८३ १५:५५

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्ष्मीनियास्थित लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका पानीमा डुबेर बेपत्ता भएका छन्।

मंगलबार दिउँसो करिब २ बजेको समयमा नदीमा नुहाउन पसेका उनीहरू अचानक डुबेर बेपत्ता भएको स्थानीय बासिन्दाले बताएका छन्।

घटनामा बेपत्ता हुने बालबालिकाहरूमा स्थानीय शेख अमरे आलमका १० वर्षीय छोरा मोहम्मद रहमतुल्लाह, शेख खुरसेदकी १० वर्षीया छोरी रौशन खातुन र शेख ओसी अख्तरकी १० वर्षीया छोरी सवनम खातुन रहेका छन्।

बालबालिका बेपत्ता भएको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनीहरूको खोजी कार्य तीब्र पारेको छ।

सशस्त्र प्रहरी बल रौतहटका अनुसार घटना, सुरक्षा बेस देवाहीबाट ७ जना र इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट ९ जनाको टोली उद्धारका लागि खटिएको छ। साथै, सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण रौतहटबाट रबर बोटसहितको विशेष टोली समेत परिचालन गरिएको सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारीले जानकारी दिएका छन्। नदीमा बेपत्ता भएकाहरूको खोजी कार्य जारी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *