छवि ओझाले दिए रेखा थापालाई जितको शुभकामना

डिसी नेपाल
२३ असोज २०७९ १७:१८
648
Shares

काठमाडौं । चलचित्र निर्माता छवि ओझाले कलाकारसमेत रहेकी राप्रपा नेतृ रेखा थापालाई प्रतिनिधिसभा सदस्यमा जितको शुभकामना दिएका छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार मोरङ ३ मा उम्मेदवारी दर्ता गरेकी रेखालाई छविले जितको शुभकामना दिएका हुन् ।

पूर्वपतिसमेत रहेका छविले रेखाको साहस, आँट र नेतृत्वदायी क्षमतालाई आफूले नजिकबाट चिनेको बताएका छन् । रेखाको राजनीतिक यात्रा सफल रहनेमा विश्वस्त रहेका छविले चलचित्रमार्फत नारी आवाजलाई बुलन्द गर्दै दशौं वर्षसम्म शीर्ष स्थानमा रहन सफल, क्रान्तिकारी मान्यता बोकेकी आँटिली हिम्मतवाली नायिकाको रुपमा चित्रण गर्दै रेखालाई जितको शुभकामना दिएका हुन् ।

रेखासँग सम्बन्धविच्छेद गरी छविले शिल्पा पोखरेलसँग विवाह गरेका थिए । तर, शिल्पासँग सम्बन्ध धेरै समय टिकेन । तर, उनै छविले पूर्वपत्नी रेखालाई जितको शुभकामना दिएका हुन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *