नेपाली सेनाद्वारा घाइतेको हवाई उद्धार

डिसी नेपाल
२३ असोज २०७९ २२:०१
52
Shares

काठमाडौं । गोरखामा गएको पहिरोमा परेर घाइते भएका सुर्खेत निवासी ४२ वर्षीय दीपक विकलाई उद्धार गरिएको छ ।

विगत केही दिनदेखिको अविरल वर्षाका कारण गोरखाको चुमनुब्री गाउँपालिका–६ मा गएको पहिरोमा परेर घाइते भएका विकलाई हेलिकोप्टरमाफर्त उद्धार गरिएको हो ।

नेपाली सेनाको उद्धार टोलीले आज हेलिकोप्टरद्वारा उद्धार गरी काठमाडौँ ल्याइएको जनाइएको छ । अहिले उनको अवस्था खतरामुक्त रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *