राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण

डिसी नेपाल
२४ असोज २०७९ १०:२१
136
Shares

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण भएको छ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत राष्ट्रपति भण्डारीलाई कोरोना पोजेटिभ भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।

स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपटि भण्डारी शुक्रबार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन्। आइतबार कोरोना जाँच गर्दा पोजेटिभ देखिएको स्वकीय सचिव अधिकारीले जानकारी दिए।

अहिले राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *