आकाशियो तरकारीको मूल्य

डिसी नेपाल
२४ असोज २०७९ १९:३५
392
Shares

कैलाली । कैलाली, कञ्चनपुर जिल्लामा लगातारको वर्षाले तरकारीको स्थानीय उत्पाकत्वमा निकै कमी आउदा तरकारीको मूल्य दिनप्रति दिन बढ्दै गएको छ ।

धनगढी उपमहानगरपालिका–२ स्थित रामजानकी सब्जीमण्डी तरकारी किन्न आएका शिवराज जोशीले अहिले बजारमा तरकारीको मूल्य ह्वात्तै बढ्ेको बताए । निरन्तर वर्षा हुन थालेपछि तरकारीको भाउँ बढेको उनको अनुमान छ । झण्डै एकसाता देखिको अविरलका वर्षाका कारण विभिन्न स्थानबाट तरकारी गन्तव्य ठाउँमा पुग्न नसकेकाले तरकारीको मूख्य बढेको तरकारी व्यवसायीको भनाइ छ । वर्षाले तरकारी उत्पादनमा कमी आएको उनीहरुले बताएका छन् ।

वर्षाले विभिन्न स्थानबाट आउने तरकारी बजारमा पुग्न नसकेको कारण बजारमा ताजा तरकारी पाउन मुस्किल भएको छ । तरकारी बजारमा अहिले हरियो साग प्रतिकिलो रु एक सय ४०, काउँली प्रतिकिलो रु एक सय २०, आलु रु ५०, टमाटर प्रतिकिलो रु एक सय, लौका रु ८०, काक्रा प्रतिकिलो रु एक सयमा बिक्री भइरहेको छ । वर्षाअघि धनगढीमा हरियो साग प्रतिकिलो रु ९०÷१००, काक्रा प्रतिकिलो रु ६०, टमाटर रु ८०, काउली रु ९० र लौका रु ४० मा बिक्री भइराखेको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *