आणविक पनडुब्बी आइएनएस अरिहन्तबाट ब्यालेस्टिक मिसाइलको सफल परीक्षण

डिसी नेपाल
२९ असोज २०७९ १०:२२
72
Shares

काठमाडौं । भारतको आणविक क्षमताको पनडुब्बी आईएनएस अरिहन्तले आज बंगालको खाडीमा ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको छ ।

रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त क्षेप्यास्त्र पूर्वनिर्धारित सीमामा परिक्षण गरिएको जनाएको छ । उक्त क्षेप्यास्त्रले बंगालको खाडीमा रहेको लक्ष्यमा सही प्रहार गरेको थियो ।

पनडुब्बीबाट मिसाइल प्रक्षेपणले यसको चालक दल र एसएसबीएन कार्यक्रमको क्षमतालाई मान्यता दियो, विज्ञप्तिमा भनिएको छ। यो कार्यक्रम भारतको आणविक क्षमताको महत्वपूर्ण हिस्सा हो।

आइएनएस अरिहन्तलाई तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहले २६ जुलाई २००९ मा प्रक्षेपण गरेका थिए र पनडुब्बीको आणविक रिएक्टर अगस्त २०१३ मा सक्रिय गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *