रुसी राष्ट्रपति पुटिनले भारत र चीनबारे के भने ?
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार चीन र भारत आफ्ना निकट सहयोगी र साझेदार भएको बताएका छन् । उनले एसियाका यी दुई ठूला देशले युक्रेनसँग वार्ताबाटै समस्या समाधान गर्नुपर्नेमा सधैं जोड दिँदै आएको बताए ।
राष्ट्रपति पुटिनको यो भनाइ प्रधानमन्त्री नरेन्द्र मोदीले पुटिनसँगको भेटका क्रममा आजको युग युद्धको नभएको भनी दिएको बयानको झण्डै एक महिनापछि आएको हो । शाङ्घाई सहयोग संगठन (एससीओ) को बैठकमा प्रधानमन्त्री मोदीले पुटिनलाई यस्तो बताएका हुन् ।
राष्ट्रपति पुटिनले शुक्रबार कजाकस्तानमा पत्रकारहरुसँगको कुराकानीमा भारत र चीनबीचको सम्बन्धको उल्लेख गरेका हुन् । पुटिन पहिलो रुस–मध्य एसिया शिखर सम्मेलनमा सहभागी हुन यहाँ आएका थिए । सम्मेलनमा रुस, कजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तानका राष्ट्रपतिहरुको सहभागिता रहेको थियो । सम्मेलनमा विभिन्न क्षेत्रमा आपसी सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो ।
रुसको सरकारी समाचार एजेन्सी तासका अनुसार पुटिनले पत्रकार सम्मेलनमा भारत र चीनको सन्दर्भमा यी दुई देशले सधैँ वार्ताबाट शान्तिपूर्ण रूपमा विवाद समाधान गर्नुपर्ने र द्वन्द्वको अवस्था नआउने सुझाव दिएको बताए ।
“हामीलाई उनीहरूको महत्त्व थाहा छ,” उनले भने। उनीहरू हाम्रो नजिकको सहयोगी र साझेदार हुन् र हामी उनीहरूलाई सम्मान गर्छौं।
रुसले युक्रेनमा गरेको आक्रमणको भारतले आधिकारिक रूपमा निन्दा गरेको छैन। भारतले कूटनीति र वार्ताबाट समस्या समाधान गर्नुपर्नेमा लगातार जोड दिँदै आएको छ ।







डिसी नेपाल







Facebook Comment