साउदी अरेबियाको यो निर्णयले नेपालीहरूलाई ठूलो झट्का लाग्ने
काठमाडौं । साउदी अरबले आगामी वर्षदेखि रोजगारीको क्षेत्रमा ठूलो परिवर्तन गर्ने भएको छ । यो परिवर्तन साउदी अरबमा काम गर्ने सपना देख्नेहरूका लागि धेरै नराम्रो खबर हो। साउदी अरबको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले मङ्गलबार घोषणा गरेको छ कि आगामी वर्ष २०२३ देखि परामर्श पेशामा ३५ प्रतिशत रोजगारी स्थानीय जनतालाई दिइनेछ । दोस्रो चरणमा यसलाई बढाएर ४० प्रतिशत पुर्याइनेछ ।
रिपोर्टका अनुसार ४० प्रतिशत स्थानीय जनतालाई दुई चरणमा आरक्षण लागू गरिने छ । मानव संशाधनले जारी गरेको आदेश अनुसार आगामी अप्रिल ६ देखि परामर्श पेशामा ३५ प्रतिशत स्थानीय जनतालाई रोजगारी दिइनेछ । त्यसपछि सन् २०२४ को पहिलो त्रैमासिकमा ४० प्रतिशत पुर्याउनेछ।
साउदी अरबमा विदेशी कामदारहरूमा नेपालीहरूको उल्लेखनीय संख्या छ। नेपाली युवाहरू होटल र खानी क्षेत्रमा कामका लागि साउदी अरब जान्छन्। स्थानीय आरक्षण लागू भएपछि त्यहाँ नेपालीहरूको लागि रोजगारी पाउने सम्भावना कम हुनेछ। नेपालबाट साउदी अरब जाने कामदारको संख्या वर्षेनी लाखौंमा छ ।
साउदी अरबमा बेरोजगारी दर ९ प्रतिशतभन्दा माथि छ । यो निर्णयसँगै साउदीका नागरिकलाई थप रोजगारीको अवसर प्राप्त हुने सम्भावना छ । स्थानीय समाचार एजेन्सीका अनुसार यो निर्णयले वित्तीय सल्लाहकार विशेषज्ञ, व्यापार परामर्शदाता र परियोजना व्यवस्थापन विशेषज्ञहरू जस्ता क्षेत्रहरूलाई प्रत्यक्ष असर गर्नेछ। अर्थमन्त्री मुहम्मद अल-जदानले परामर्श पेशाको सेवा सर्तमा संशोधन जारी गर्दै स्थानीयकरणको प्रतिशत सुनिश्चित गर्न सबै कम्पनीहरूलाई आग्रह गरेका छन्।







डिसी नेपाल







Facebook Comment