सयपत्री हाइड्रोपावरको सेयर कारोबार किन खुलेन ?
काठमाडौँ। आज सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर स्पेसल प्रि–ओपन सेसनमा धितोपत्र दोस्रो बजारमा कारोबार खुलेन। सयपत्री हाइड्रोपावरको आईपीओ गत बिहीबार नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको थियो। नेप्सेले यो कम्पनीलाई एसपीएचएल कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम ६४.९६ रुपैयाँ र अधिकतममा १९४.८८ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।
तर, नेप्सेले तोकेको रेन्जभित्र आज स्पेसल प्रि–ओपन सेसनमा यो कम्पनीको सेयर किनबेच नभएका कारण नियमित समयका लागि खुल्न नसकेको हो। नेप्सेमा कम्पनीको कुल ३० लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको २१ लाख कित्ता, सर्वसाधारणको ६ लाख कित्ता र स्थानीयको ३ लाख कित्ता छन्। यो कम्पनीले गत साउन १३ गतेदेखि साउन १७ गतेसम्म आईपीओ बिक्री गरेको थियो।







डिसी नेपाल







Facebook Comment