इरानमा ठूलो घटना भएको आशंका, ‘बदनाम’ जेलमा आगलागी, गोलीबारी र विष्फोट
काठमाडौं । राजनीतिक बन्दी, पत्रकार र विदेशी नागरिकलाई राख्ने इरानको कुख्यात एभिन जेलमा आगलागी भएको छ । अनलाइन शेयर गरिएको भिडियोमा तेहरान जेलमा आगो र धुवाँ देख्न सकिन्छ र बन्दुकको गोली र विस्फोटको आवाज सुन्न सकिन्छ।
इरानको सरकारी सञ्चारमाध्यमले एक अधिकारीलाई उद्धृत गर्दै स्थिति नियन्त्रणमा रहेको बताएको छ तर भिडियोमा आगो अझै देख्न सकिन्छ। यस कारागारमा राजनीतिक बन्दी पनि छन् । उल्लेखनीय कुरा के छ भने इरानमा केही सातादेखि सरकार विरोधी प्रदर्शन भइरहेका छन् ।
गत महिना २२ वर्षीया कुर्दिश इरानी महिला महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि विरोध प्रदर्शन सुरु भएको थियो। अधिकारीहरूले उनको हृदयघातका कारण मृत्यु भएको बताए पनि मोरल प्रहरीले उनको ज्यान लिएको भन्दै परिवारले मानेनन् ।
बीबीसी फारसीका राना रहिमपुरले जेलमा भएको घटनाको हालैको विरोध प्रदर्शनसँग कुनै सम्बन्ध छ कि छैन भन्ने अहिलेसम्म थाहा नभएको बताए।
तर, हालैका आन्दोलनका क्रममा हिरासतमा परेका सयौं प्रदर्शनकारीलाई यो इभिन जेलमा राखिएको पनि उनले बताए । तर सरकारी मिडियाले एक अधिकारीलाई उद्धृत गर्दै दुई घटनाबीच कुनै सम्बन्ध नभएको बताएको छ।
उनले यसका लागि ‘आपराधिक तत्व’लाई दोष दिए । सरकार विरोधी निगरानी समूहले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा जेलबाहिर सरकार विरोधी आन्दोलनको मुख्य नारा ‘तानाशाहको मृत्यु’ सुनिएको छ ।
बीबीसी पर्शियनका अनुसार अर्को भिडियोमा जेलभित्रको बाहिरी भागबाट गोली चलिरहेको देख्न सकिन्छ र त्यसपछि विस्फोटको आवाज सुनिन्छ।







डिसी नेपाल







Facebook Comment