६ सयले घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ।
बिहिबार प्रति तोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ६ सयले घटेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार रुपैयाँ कायम भएको छ।
यता, चाँदीको मूल्य स्थिर रहेको छ। बिहिबार प्रति तोला १ हजार १७० रुपैयाँ कारोबार भइरहेको चाँदीको मूल्य आज पनि सोहि मूल्यमा भईरहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment