सद्धार्थ बैंकको रु. ४०० क्यासब्याक योजना
काठमाडौँ। सिद्धार्थ बैंक लिमिटेडले तिहारको शुभ अवसर पारी ग्राहकहरुलाई लक्षित गर्दै डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ रु.४०० क्यासब्याक योजना ल्याएको छ।
यस योजना अन्तर्गत ग्राहकहरुले बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलो पटक रु। ५०० वा सो भन्दा बढि रकमको पिओएस् अथवा अनलाइन कारोबार गर्दा रु. ४०० क्यासब्याक पाउन सक्नुहुनेछ।
यस योजनाले नगद भुक्तानीबाट डिजिटल भुक्तानीतर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको छ। आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न छुट तथा क्यासब्याक योजना दिंदै आएको र आगामी दिनहरुमा पनि यस्ता योजनाहरु निरन्तर लागु गर्दै जाने बैंकको योजना रहेको छ।
सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले हाल देशभर १९३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), ११८ शाखारहित बैंकिङ्ग सेवा, १,७०० भन्दा बढी पिओएस् मेसिन र २०,००० भन्दा बढी त्तच् मर्चेन्ट मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।
साथै, बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिंदै सुरक्षित तरिकाले अनलाईनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने जस्ता विभिन्न डिजिटल बैंकिङ्ग सुविधाहरु आफ्नो वेबसाइटमा रहेको EasyBank Portal मार्फत समेत प्रदान गर्दै आएको छ ।







डिसी नेपाल







Facebook Comment