पूर्वसांसद मैयादेवी श्रेष्ठको ९२ वर्षको उमेरमा निधन

डिसी नेपाल
६ कार्तिक २०७९ ७:२९
76
Shares

चितवन। समाजसेवी तथा पूर्वसांसद मैयादेवी श्रेष्ठको निधन भएको छ। मैयादेवी कन्या कलेजकी संस्थापक संरक्षक समेत रहेकी श्रेष्ठको गएराती १ः१० बजेको समयमा उपचारका क्रममा चितवन मेडिकल कलेजमा निधन भएको हो।

उनको जम्न विस १९८७ असोजको फूलपातीका दिन तनहूको वन्दिपुरमा भएको थियो।

पछिल्लो समयमा श्रेष्ठलाई अरुचीलगाएत श्वास प्रश्वाससम्बन्धी समस्या भएको थियो । जीवनभर दान गरेर कहिल्य नथाक्ने श्रेष्ठले कति दान गरिन् भन्ने यकिन पनि छैन तर उनले हालसम्म अर्ब भन्दा बढीको दान गरिसकेकी छन्।

उनको पार्थिव शरीरलाई अहिले आफ्नै निवासमा ल्याइएको छ। ९ बजे मैयादेवी कन्या कलेजमा श्रध्दान्जलीका लागि राखिने र १ बजे अन्त्येष्टी गरिने बताइएकाे छ।

मैयादेवी श्रेष्ठको संक्षिप्त जीवनी
-विरगञ्जमा डिठ्ठा रहनुभएका वुवा वीरबहादुर श्रेष्ठको निधनपछि सानै उमेरवाट आमा गणेशकुमारी श्रेष्ठको ममतामा हुर्किइन्।

-नारायणगढमा हाल सञ्चालनमा रहेको वालकुमारी कन्या स्कूललाई १० कठ्ठा जग्गा दान, दार्जलिङ्ग देखि शिक्षक वोलाएर पठन पाठन सुरु गराइन्। अहिले यो स्कूलमा कक्षा १२ सम्मको पढाइ हुन्छ।

-भरतपुरमा मैयादेवी कन्या कलेज स्थापनाका लागि करोडौ रुपैयाँ खर्च। सामुदायको ब्यवस्थापनमा सञ्चालनमा रहेको यो कलेजमा अहिले पनि कक्षा ११ देखि स्नाकोत्तर सम्मको पढाइ हुन्छ।

-२०४८ सालमा गोरखावाट निर्वाचित सांसद र पछि मनोनित राष्ट्रिय सभाको सांसद गरी लगातार १२ वर्षसम्म सांसद

-काग्रेसको केन्द्रीय कार्यालयका लागि रवी भवनमा तीनतले घरजग्गा पार्टीलाई दान

-चितवन कांग्रेसका लागि नारायणगढको मुटुमै भवन दान

-गोरखामा पार्टी कार्यालय बनाउनकै लागि २० लाख रुपैयाँ दान

-नेपाली कांग्रेस देवघाटका लागि घडेरी दान

-प्रजातन्त्रवादी पत्रकारहरुको सस्था प्रेस युनियन चितवनको भवन वनाउनका लागि पनि जग्गा दान

-पिस फेडेरेसनलाई भरतपुर ११ मा, नारायणचारी बाबालाई देवघाटमा, महेश सन्यास आश्रमदेवघाटलाई, पतन्जली योग समिति नारायणगढमा, नेवा पुःचलाई नारायणगढ लगायतलाई जग्गा दान

-बचेको सम्पत्ती उनकै नाममा ट्रष्ट वनाएर राखिने गरी दान




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.