काठमाडौं उपत्यकामा राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने

डिसी नेपाल
६ कार्तिक २०७९ ८:२१
36
Shares

काठमाडौं। काठमाडौं उपत्यकामा राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने भएको छ। उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले सार्वजनिक सूचनाजारी गरेर राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न पाउने जनाएका हुन्।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार तोकिएको समयसीमा भित्र मात्रै देउसीभैलोलगायत सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम गर्न पाइने छ। तर, त्यसबाहेकको समयमा देउसीभैलो खेलेमा कारबाही गरिने उनले बताए।

सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरेर हिँड्न पनि निषेध गरिएको छ। गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासनलाई परिपत्र गरेर आआफ्नो जिल्लागत वस्तुस्थिति र सुरक्षा अवस्था हेरेर देउसीरभैलो कार्यक्रम गर्न समयसीमा राख्नेरनराख्नेबारे निर्णय गर्न भनेको थियो। सोही अनुसार जिल्ला प्रशासन कार्यालयले समयसीमा तोकेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *