मर्ज प्रस्ताव पारित गर्न सूर्या र ज्योति लाइफको कात्तिक २८ गते एजीएम

डिसी नेपाल
६ कार्तिक २०७९ ११:१६
44
Shares

काठमाडौँ। सूर्या लाइफ र ज्योती लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज हुँदैछन्। यसको लागि दुवै कम्पनीले कात्तिक २८ गते साधारणसभा बोलाएका छन् । जसमा सूर्या लाइफको सभा होटल हैरिसन प्सालेस, बजरंगबलीमार्ग, विराटनगरमा बिहान ९ बजे सुरु हुनेछ । यस्तै, ज्योती लाइफको सभा वाटरफ्रन्ट रिसोर्ट, लेकसाईड पोखरामा बिहान ११ बजे सुरु हुनेछ।

सभाले मर्जर प्रयोजनको लागि स्वाप रेसियो प्रस्ताव पनि पारित गर्नेछ। जसमा सूर्या लाइफ इन्स्योरेन्सको १०० कित्ता सेयर बराबर ज्योति लाइफको ८२ कित्ता सेयर अनुपात कायम हुनेछ। दुवै एक भएपछि कम्पनीको नाम सूर्याज्योती लाइफ इन्स्योरेन्स राख्ने प्रस्ताव पनि सभामा पेश हुँदैछ।

हाल सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का छ। सूर्या लाइफ र ज्योति लाइफ एक आपसमा गाभिने भएपछि दुवैको असार १३ गतेदेखि सेयर कारोबार रोक्का गरिएको हो। यी दुई कम्पनीबीच असार १२ गतेमर्ज सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो। बिमा समितिको निर्देशनपछि अहिले बिमा कम्पनीहरु पुँजी वृद्धिको दबाबमा छन्।

बिमा समितिको चैत १० गतेको निर्देशनअनुसार एक वर्षभित्रै निर्जीवन बिमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ र जीवन बिमा कम्पनीहरुले ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनेपर्ने हुन्छ। हाल सूर्या लाइफको चुक्ता पुँजी २ अर्ब ४२ करोड र ज्योति लाइफको २ अर्ब २० करोड रुपैयाँ रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.