तिहार : सामाजिक पुनर्मिलन, धार्मिक र सांस्कृतिक महत्वको पर्व
काठमाडौं। यमपञ्चकको रुपमा पाँच दिनसम्म मनाइने नेपालीका दोस्रो ठूलो चाड तिहार आइतबारदेखि सुरु भइसकेको छ। नेपालीहरुलाई धार्मिक, सांस्कृतिक र सामाजिक पुनर्मिलन गराउने यस पर्वको विशिष्ट महत्व रहेको छ।
नेपाल बहुभाषिक बहुसास्कृतिक र बहुधार्मिक बिशेषताले भरिपूर्ण मुलुकको हो। यहाँ बिभिन्न जातजातिका आआफ्नै संस्कृति र परम्परा बिद्यमान छन्। भूगोल र सम्प्रदाय अनुरुप सबैका आफ्नै रीतिरिवाज र परम्पराहरुले यहाँको सास्कृतिक पाटोलाई फराकिलो बनाएको छ।
काग तिहार, लक्ष्मीपूजा, गाई तिहार ,गोबद्र्धन पूजा हुँदै भाइटिका गरी मनाइने यस पर्वले नेपालको सास्कृतिक पक्ष र धार्मिक अन्तरसम्बन्धको अन्योन्याश्रित सम्बन्धलाई थप मजबुद बनाएको छ।
नेपालमा तिहारलाई सामाजिक कोणबाट दिदी बहिनी र दाजुभाइबीच सद्भाव र पारस्पारिक मिलनको रुपमा यसलाई लिइन्छ। यसको धार्मिक मूल्यमान्यताहरु त छँदैछ, मूलभुत रुपमा तिहारको धार्मिक महत्वसँगै यसको सास्कृतिक र सामाजिक पक्षलाई नजरअन्दाज गर्यौ भने यसको महत्व पूर्णता उजागर हुन सक्दैन।
धार्मिक महत्व
यमपञ्चकको रुपमा पाँच दिनसम्म मनाइने यस पर्वको सबै दिनमा आफ्रनै महत्व छ। काग तिहारदेखि भाइटिकासम्म गरिने सबै धार्मिक पूजाआजाले उनीहरुप्रतिको मोहलाई दर्शाउँछ। कागको पूजा गर्दै सुरुवात हुने यस पर्वले कागलाई सूचनाको वाहकको रुपमा अथ्र्याउने गरिन्छ।
यसलाई हिन्दु परम्परा अनुसार यमराजको दूतको रुपमा समेत लिइन्छ। धार्मिक मान्यता अनुरुप यसको पूजा गर्नु यसले सबैलाई समभावकारुपमा हेर्ने समेत विश्वास गरिन्छ।
यस्तै यमपञ्चकको दास्रो दिनमा पर्ने कुकुर तिहारमा निकै श्रद्धाका साथ कुकुरको पूजा गर्ने गरिन्छ। यसले घरपालुवा जनावर कुकुर जसलाई मालिकभक्त भनेर समेत बुझिन्छ।
उसको पुूजा आजा गर्नु उप्रतिको सम्मान हो मानवसमाजमा पशुको महत्व बोध गरेर गरिने यस्ता कार्यले कुकुरप्रतिको अपनत्व प्रकट हुने र मानवलाई पशुको महत्व महशुस गर्ने एक अवसर पनि हो।
यसको धार्मिक मान्यता अनुसार कुकुरलाई यमराजको अर्को दूतको रपमा लिइन्छ। आज्ञापालक इमान्दार पशुको रुपमा लिइने यसलाई पुजा गर्नु यमदूतलाई पूजा गरेको मान्यता हिन्दु धर्मले राख्दछ।
यस्तै तिहारकै समयमा तेस्रो दिन गरिने लक्ष्मीपूजा र गाई तिहारको नेपाली समाजमा छुट्टै महत्व छ। गाईलाई हाम्रो राष्ट्रिय जनावरको रुपमा यसको विशिष्ट महत्वको पशुका रुपमा मान्दछाैं। गाईलाई हिन्दु धर्मले देवीको रुपमा श्रद्धापूर्वक पूजा आजा गर्ने गरिन्छ। यसको गहत र गोबर धार्मिक कार्यमा पवित्र मानिन्छ। यसलाई हिन्दु धर्मले हरेक पवित्र कार्यमा अनिवार्य मानेको छ।
अर्को यमपञ्चकमै पर्ने लक्ष्मी पूजा र गाईतिहारको धार्मिक पाटो नेपाली हिन्दु संस्कारमा महत्वपूर्ण छ। धनकी देवी लक्ष्मीको विशेष पूजाआजा गरिने यस दिनमा ऐश्वर्यप्राप्तिको लागि लक्ष्मीको पूजा आजा गरी घर आगन उज्यालो बनाउने गरिन्छ। यसबाट धनसम्पति आर्जन र ऐश्वर्यप्राति हुने धार्मिक मान्यता छ।
त्यसपछिका गोर्बधन पूजामा गोरुलाई पूजा गर्ने गरिन्छ। यसमा बर्षभरि अन्न उत्पादनमा मूलभूमिका निर्वाह गर्ने गोरुलाई पूजा आजा गरी मनाइने यस दिन सबैले घरघरमा गाइको गोबरले गोबर्धन बनाई त्यसको पूजा गर्ने गरिन्छ।
सबै भन्दा महत्वपूर्ण मानिने यमपञ्चकको पाँचौँ दिनमा पर्ने भाइ टिकामा दिदीबहिनीले दाजुभाइको पूजा गरी लामो आयुको कामना गर्ने यस पर्वले पारिवारिक पुनर्मिलन र भातृत्वको भावना विकास गर्ने गर्दछ। लामो समयदेखि बिछोडिएका बहिनीहरुले दाजुहरुको सम्मानमा टिका लगाइदिने र दाजुभाइले उपहार कोसेली प्रदान गर्ने गर्दछन्।
दिदीबहिनीले भाइटीकाको दिन दाजुभाइलाई भाइटीका लगाउन पानी तथा तेलले ७ घेरा हाली छेक्नुपर्छ। फूल, अक्षता, चन्दन तथा लावाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ। सगुनका रूपमा दही दिनुपर्छ।
भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्व छ। मखमली कहिल्यै ओइलाउँदैन भने सयपत्री फूलको रंग कहिल्यै उडेर जाँदैन। दूबोलाई लामो आयुको प्रतीक मानिन्छ। यसरी मनाइने तिहारको आफ्नै धार्मिक महत्व छ।
सामाजिक एवं सांस्कृतिक महत्व
यसको सांस्कृतिक र सामाजिक पाटो पनि अत्यन्त महत्वपूर्ण छ। तिहार एक सास्कृति र सामाजिक महत्वको पर्व समेत हो। यही समयमा नातागोताहरु भेट हुने एक अवसको रुपमा पनि यसको महत्व छ।
गाउँघरमा यो समय सबै जम्मा हुने र भैलौ खेल्ने परम्परा छ जसले सामाजिक र सांस्कृतिक पाटो नीहित छ। देउसी र भैलोले यसको थप सामाजिक र सास्कृतिक पाटो उजागर गर्दछ।
सामाजिक विकृति विसंगति लगायत चेतनामुलक गीत संगीतको माध्यमबाट समाजलाई सुसूचित समेत तिहारको माध्यमबाट गर्ने परम्परा हालसम्मै बिद्यमान छ।
पञ्चायतकालीन निरंकुश अबस्थामा समेत तिहारको समयमा गीत संगीतको माध्यमबाट जनतालाई व्यवस्थाविरुद्ध सचेत बनाउन देउसी र भैलाको माध्यमबाट सचेत बनाइन्थ्यो। उक्त समयमा गाउँघरमा जागरण ल्याउन भैलो खेली राजनीतिक चेतना जगाउने काम समेत कलाकारहरुले गर्ने गर्दथे।
यसले मानिसहरुलाई सचेत बनाउने र व्यवस्थापरिवर्तको आन्दोलनमा सांस्कृतिक कार्य देउसी भैलोले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। सामाजिक र राजनीतिक सचेतना प्रदान गर्न देउसी भैलौ खेल्ने प्रचलन थियो।
युवादेखि वृद्धसम्म सबै आआफ्नै समूहमा खेलिने भैलाले सामाजिक सद्भाव र राजनीतिक सचेतता प्रदान गर्न मुख्य भुमिका खेलेको दृष्टान्त आजपर्यन्त कायम छ।
दिदीबहिनी दाजुभाई पेशाकर्मी लगायत अधिकांश क्षेत्र र समुदायका मानिसहरु मौलिकरुपमा खेलिने देउसी भैलाले सामाजिक एकता र सास्कृतिक प्रर्बद्धनमा टेवा पुर्याएको छ।
नेपालको हरेक क्षेत्रमा आफ्नै सांस्कृतिक मुल्यमान्यताहरु छन्। ती सबैका आफ्नै मौलिक संसकृति तिहारमा भैलोका माध्यमबाट संरक्षण गर्न र प्रदर्शित गर्न तिहार महत्वपूर्ण माध्यम बनेको छ । यसर्थ यस पर्वको हाम्रो देशको सन्र्दभमा धार्मिकसँगै सामाजिक र सांसकृतिक दृष्टिले बहुआयमिक महत्व रहेको छ।







डिसी नेपाल








Facebook Comment