No ads found for this position
No ads found for this position

बलेमाथि चलाइएन बलात्कारको मुद्दा

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
२२ चैत २०८२ १३:०७
10.8k
Shares
No ads found for this position

काठमाडौं । कलाकार सागर लम्साल ‘बले’माथि बलात्कारको मुद्दा चलाइएको छैन । अमेरिकामा बस्ने एक नेपाली युवतीले उनीमाथि बलात्कारको आरोप लगाएपछि उनलाई पक्राउ गरिएको भए पनि उनलाई बलात्कारको मुद्दा नचलाइएको हो । औपचारिक जाहेरीबिना उनलाई पक्राउ गरिएको हुनाले पनि उनीमाथि मुद्दा चलाउन प्रहरीलाई अप्ठेरो परेको हुन सक्ने स्रोत बताउँछ ।

अहिले उनलाई जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिएको छ । उनलाई सार्वजनिक शान्तिमा खलल पुर्‍याएको कसूरमा म्याद थप गरी अनुसन्धान गर्ने प्रहरीको तयारी छ । रितपूर्वक जाहेरी नपरेको अवस्थामा उनलाई हिरासतमा राख्नकै लागि यो कसूर आकर्षित गर्न खोजिएको प्रहरी स्रोत बताउँछ । म्याद थप गरेर हिरासतमा राखेपछि त्यो म्यादभित्र थप कुरा खुल्ने वा औपचारिक जाहेरी आउने र अर्को मुद्दा चलाउन सहज हुने प्रहरीको अपेक्षा छ ।

कानुनअनुसार बलात्कारको कसूरमा जहाँ घटना भएको हो त्यहाँको प्रहरीले अनुसान्धान गरेर त्यहीँको जिल्ला अदालतमा मुद्दा चलाइन्छ । यो घटनामा भने आरोप लगाउने युवतीले घटना अमेरिकामा भएको भनेकी छिन् । कानुनअनुसार पीडित र कसूरदार नेपाली नागरिक भए र घटना देशबाहिर भएको भए नेपालको जुनसुकै स्थानमा मुद्दा चलाउन सकिन्छ ।

पीडितले जाहेरी दिएमा बलेविरुद्ध काठमाडौंमै मुद्दा चल्न सक्छ । तर, जाहेरी नआएको र उनलाई हिरासतमा राख्नैपर्ने भएकोले प्रहरीले अर्कै मुद्दा चलाउन लागेको हो । प्रहरीले औपचारिक जाहेरीबिना सामाजिक संजालमा आएका कुराको आधारमा मात्र उनलाई पक्राउ गरेको खुलेको छ । जाहेरी आएपछि अरू अभियोग थप्ने प्रहरीको तयारी छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *