No ads found for this position
No ads found for this position

परीक्षा केन्द्रमै नोबेल एकेडेमीको प्रचार, परीक्षा दिइरहेका विद्यार्थी प्रभावित

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
२२ चैत २०८२ १४:२०
20
Shares
No ads found for this position

काठमाडौं । हाल देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन भइरहेको छ र विद्यार्थीहरू परीक्षामा व्यस्त छन् । परीक्षाको आज तेस्रो दिन हो । तर, यसबीच केही निजी विद्यालय तथा कलेजहरूले भने परीक्षाकेन्द्र बाहिरै आक्रामक प्रचार–प्रसार थालेका छन् ।

विशेषगरी बानेश्वरमा अवस्थित नोबेल एकेडेमीले नमुना मच्छिन्द्र माध्यमिक विद्यालयको मूल गेटअगाडि नै बसेर आफ्ना शैक्षिक कार्यक्रमहरूको प्रचार गर्दै विद्यार्थीहरूको हातमा पर्चा वितरण गरिरहेको पाइएको छ । पर्चा वितरणमा स्कूल युनिफर्मकै विद्यार्थीहरु प्रयोग गरेको पाइएको छ ।

परीक्षा दिई फर्किरहेका विद्यार्थीहरूलाई बाटोमै रोकेर विज्ञापन सामग्री थमाइँदा उनीहरूको ध्यान विचलित हुने र आगामी परीक्षाको तयारीमा समेत असर पर्ने अभिभावकहरुको गुनासो छ । परीक्षा जारी रहेकै अवस्थामा यसरी हतारमा गरिएको प्रचारप्रसारले विद्यार्थीहरूलाई अनावश्यक दबाब सिर्जना गर्नुका साथै उनीहरूको संवेदनशील अवस्थाको दुरुपयोग गरिएको देखिन्छ । शिक्षालाई व्यवसायीकरण गर्ने होडमा नोबेल एकेडेमीले विद्यार्थीको मनोविज्ञान र परीक्षाको मर्यादालाई बेवास्ता गरेको देखिन्छ ।

परीक्षा दिइरहेका विद्यार्थीहरू पहिले नै दबाबमा हुन्छन् । तर यसरी परीक्षा केन्द्रकै गेटमा आक्रामक प्रचार–प्रसार गर्दा गेटमै विज्ञापन थमाइँदा उनीहरूमा थप तनाव र चिन्ता बढ्न सक्ने अनुमान गरिन्छ । परीक्षाकेन्द्र आसपास शान्त र व्यवस्थित वातावरण हुनुपर्नेमा यस्तो गतिविधिले परीक्षाको गरिमा र अनुशासनमा असर पर्ने विद्यार्थीहरुको भनाइ छ ।

नतिजा नै नआइसकेको अवस्थामा विद्यार्थीहरूलाई लक्षित गरेर आक्रामक मार्केटिङ गर्नु उनीहरूको संवेदनशील अवस्थाको फाइदा उठाएको अनुमान गरिएको छ । शैक्षिक संस्थाहरूबीच स्वस्थ्य प्रतिस्पर्धा हुनुको सट्टा यसले आक्रामक र अनैतिक प्रतिस्पर्धालाई बढावा दिने साथै यस्ता प्रचारले अभिभावकहरूमा पनि अनावश्यक दबाब र भ्रम सिर्जना गर्ने गुनासो बढेको छ ।

यस विषयमा नेपाल न्यूज बैंकले नोबेल एकेडेमीको प्रशासन शाखालाई समेत फोन मार्फत जानकारी लिएको थियो । उक्त प्रशासनका केशब बहादुर बोहोराले यस विषयमा आफूहरुलाई जानकारी नभएको बताए । उनले उक्त विषयमा मार्केटिङ डिपार्टसँग बुझेर मात्र प्रतिक्रिया दिनसक्ने बताए । उनले भने, ‘खोइ, मलाई त यस विषयमा जानकारी छैन । यस विषयमा मार्केटिङ डिपार्टसँग जानकारी लिनेछु ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *